आज हरितालिका पर्व, देशभर भगवान शिवको पूजा आराधना गरी मनाईँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

इमाउन्टेन टिभी काठमाडौँ, ८ भदौ । आज हरितालिका तीज, आलिका सखीद्वारा हरण गरिएकी माता पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको हिन्दू धर्ममा उल्लेख छ।

 

बाल्यकालदेखि हिमालय पर्वतकी पुत्री पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ। तीजका दिन पतिको लामो आयुको कामना गर्दै निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर व्रत तोड्ने परम्परा रहेको छ।

 

परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरू निराहार ब्रत बसेर आजका दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको व्रत बस्दैछन्। भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ।

 

दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठामीठा परिकार खाने चलन छ। तीजमा दर खान विशेष गरी माइतीले छोरी–चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरीचेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन पनि यस पर्वमा पाइन्छ।

 

ख्नव काठमाडौँको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर, लम्जुङेको इशानेश्वर महादेवलगायत देशका प्राय शिव मन्दिरहरूमा आज बिहानै देखि दर्शनाथीको घुँइचो लागेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);