हरितालिका तीज आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले भगवान महादेवको पूजा आराधना गरी मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

हरितालिका तीज आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले भगवान महादेवको पूजा आराधना गरी मनाउँदै

काठमार्डौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले भगवान महादेवको पूजा आराधना गरी मनाउँदैछन् ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गरेका गर्दछन् । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरुको सुझाव छ ।

निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको हुनाले सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने उनिहरुको सुझाव छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

तिज पर्वका अवसरमा बिहानैदेखि देशका शिवालयहरुमा दशनार्र्थीहरुको भिड लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको निकै भिड लाग्ने भएकोले विशेष व्यवस्था गरिएको छ । पशुपति परिसरमा दर्शनार्थीहरुको भिड, विभिन्न पक्षको व्यवस्थापन र अहिलेको ताजा अवस्थाकाबारेमा जानकरी दिन सहकर्मी प्रतिमा घरेल हाम्रो प्रत्यक्ष सम्पर्कमा हुुनु हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);