रणवीरले दिए साढे दुई घण्टा बयान | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८०, शनिबार

रणवीरले दिए साढे दुई घण्टा बयान

एजेन्सी। बलिउड अभिनेता रणवीर सिंहले केही समयअघि एक न्यूड फोटोसुट गराएर सनसनी मच्चाएका थिए । उनको फोटोसुटको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यद्यपि यो फोटोसुटले उनी कानुनी समस्यामा परेका छन् । यो फोटोसुटका लागि रणवीरविरुद्ध प्रहरीमा एफआईआर दर्ता भएको थियो । यो विषयमा प्रहरीले रणवीरलाई सोधपुछका लागि बोलाए पनि उनले केही समय मागेका थिए । हाल आएर भने प्रहरीले उनीमाथि सोधपुछ गरेको छ । न्यूड फोटोसुटको मामलामा अभिनेता रणवीरले मुम्बईको चेम्बर पुलिस स्टेसनमा बयान दिएका छन् । रणवीर सोमबार बिहान ७ बजे त्यहाँ पुगेका थिए । जहाँ अनुसन्धान अधिकारीहरुले उनको बयान लिएका थिए । उनी साढे ९ बजे प्रहरी चौकीबाट निस्किएका थिए । अधिकारीहरुले आवश्यक परेमा रणवीरलाई बोलाइने जनाएका छन् ।

रणवीरको न्यूड फोटोसुटका मामलामा एक एनजीओले गत महिना चेम्बर पुलिस स्टेसनमा एफआईआर दर्ता गराएको थियो ।

Leave a Reply