दुई वर्षअघिको मुद्दामा अभिनेता तथा समीक्षक कमल पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दुई वर्षअघिको मुद्दामा अभिनेता तथा समीक्षक कमल पक्राउ

मुम्बई। अभिनेता र फिल्म समीक्षक कमल राशिद खानलाई दुई वर्षअघिको मुद्दामा मुम्बई प्रहरीले पक्राउ गरेको छ । यो कारबाही सन् २०२० को एक विवादित ट्विटका कारण आएको हो ।

कमललाई मंगलबार बोरीवली कोर्टमा उपस्थित गराइनेछ । उनलाई मुम्बई एयरपोर्टबाट हिरासतमा लिइएपछि सोधपुछ गरिएको थियो । कमल दुई वर्षपछि मुम्बई फर्किएका हुन् । कमलमाथि सन् २०२० मा युवा सेनाको कोर कमिटीले मलाड पुलिस स्टेसनमा एफआईआर दर्ता गराएको थियो । उनीमाथि दिवंगत अभिनेता इरफान खान र ऋषि कपूरलाई लिएर आपत्तिजनक ट्विट गरेको आरोप थियो । यो मामलामा प्रहरीले उनीमाथि २९४ अनुसार मुद्दा दर्ता गराएको हो । ‘मैले केही दिनअघि नै भनेको थिएँ कि कोरोना जबसम्म जाँदैन, तबसम्म उसले प्रख्यात व्यक्तिलाई लैजाँदैन । त्यो बेला मैले नाम लेखिन् । किनकि मानिसहरूले मलाई कराउँथे । तर मलाई पहिले नै थाहा थियो ऋषि र इरफान पहिला नै जान्छन्’, उनले ट्विट गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);