बाढीले बगाएका चौपायाका कारण महामारीको जोखिम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सप्तरी, ७ भदौ । बाढीले बगाएका चौपायाको समयमै व्यवस्थापन गर्न नसक्दा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १४ स्थित डलवा गाउँमा महामारीको जोखिम बढेको छ ।

 

गाउँमा फैलिएको दुर्गन्धका कारण नाक थुनेर बस्नुपर्ने अवस्था छ । दुर्गन्ध बढ्दै गएपछि विगत ५ दिनदेखि घरमा खाना समेत पकाउन छाडिएको छ भने बालबालिका तथा वृद्धवृद्धाहरु बिरामी पर्न थालेका छन् ।

 

स्थानीय प्रशासन र पशु कार्यालयले समेत व्यवस्थापनतर्फ ध्यान नदिएको बाढी पीडितहरुको गुनासो छ । दुर्गन्धकै कारण हालसम्म राहत लिएर गाउँमा कोही नआएको स्थानीय बताउँछन् ।

 

झण्डै १ हजार ५ सय परिवारको बसोवास रहेको डलवा गाउँमा समयमै मरेका चौपायाको व्यवस्थापन नगर्ने हो भने महामारीले ठूलो रुप नलेला भन्न सकिन्न ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);