कंगोमा २ दिनदेखि वर्षा,बाढी पहिरोबाट १७० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कंगोमा २ दिनदेखि वर्षा,बाढी पहिरोबाट १७० जनाको मृत्यु

एजेन्सी, ४ जेठ । अफ्रिकी देश कंगोमा २ दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो र बाढी आएको छ । अहिलेसम्म १ सय ७० भन्दा बढीको मृत्यु भइसकेको भाष्कर डटकमले जनाएको छ ।

एकै परिवारका ११ बालबालिकाको मृत्यु भएको छ भने धेरै मानिस भग्नावशेषमा पुरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । बाढीले विद्यालय र अस्पतालहरू पनि बगाएका छन् ।

रोयटर्सको रिपोर्ट अनुसार दक्षिण किभु प्रान्तको कालेहे क्षेत्रमा मे ४ मा नदीको पानीको सतह बढेपछि बाढी आएको थियो। जसका कारण बुसुसु र न्यामुकुवी गाउँमा पानी डुबेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);