कंगोमा भीषण पहिरो, मृत्यु हुनेको संख्या २०० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८३, मंगलबार

बुनिया, ४ भदौ । कंगोमा भीषण पहिरो जाँदा २०० जनाभन्दा बढिको ज्यान गएको छ। गत बिहीबार कंगोको इतुरी प्रान्तमा पहिरो गएको थियो। पहिरो शुक्रबारसम्म पनि बगिरहेको थियो। शनिबार उक्त पहिरोस्थलबाट २०० जनाको शव निकालिएको बताइएको छ।

 

कंगोका उप गभर्नरले दिएको जानकारी अनुसार यहाँका तीन वटा गाउँमा बाढी र पहिरो आएको थियो ।कम्तीमा पनि १०० घरका नागरिकले उक्त पहिरोमा ज्यान गुमाएका छन् । अरु हजारौँ घर परिवार विस्थापित भएका छन् । एउटा पहाडै खसेर गाउँलाई पुरेको थियो।

 

बिहीबार सो दुर्घटना भएपछि शनिबारसम्म पनि पहाड खस्ने क्रम रोकिएको छैन, तर उद्धारकर्मी घटनास्थलमा शनिबारमात्र पुग्न सकेका थिए । शनिबार अपराह्न संयुक्त राष्टसंघीय उद्धार अधिकारी पनि यहाँ पुगेका छन् । उनीहरुले सो गाउँ नै खतरमा रहेकाले सार्नुपर्ने सुझाव दिएका छन् ।