पहिरो हेर्न जाँदा पुरिएर एक जनाको मृत्यु, सडक अझै अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

कालिकोट, ४ भदौ । शनिबार राति खसेको पहिरो हेर्न गएका एक जनाको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कालिकोटको एस मोडमा पहिरो हेर्न गएका दैलेख महाबुअ गाउँपालिका–६ का जगतबहादुर शाहीको त्यहि पहिरोले पुरिएर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

 

यसैबिच अहिले पनि पहिरो खसिरहेकाले जुम्ला, मुगु र कालिकोटबाट सुर्खेत, नेपालगन्ज, काठमाडौं, धनगढी लगायतका ठाउँका लागि छुटेका गाडी बाटोमै रोकिएका छन्। पहिरो खसिरहेकाले हटाउन समस्या भएको छ।