आइएस नियन्त्रित ताल अफर शहर पुनः हासिल गर्न इराकको अपरेसन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी, ४ भदौ । इस्लामिक स्टेटमा रहेको ताल अफर शहरलाई इराकले पुनः हासिल गर्नका लागि अपरेसन शुरु गरेको बीबीसीले जनाएको छ ।

 

इराकका राष्ट्रपति हैदर अलबदीद्वारा टेलिभिजन मार्फत जिहादिस्टहरुलाई उक्त शहर तत्काल छाड्न चेतावनी दिएका थिए ।

 

इराकले पछिल्लो ४८ घण्टामा उक्त शहरमा रहेका मुख्य आइ एसका प्रमुख अखडामा सो अपरेशन परिचालन गरेको हो ।

 

इराकी सेनाले मोसुल शहरको कब्जा पछि ताल अफर शहरलाई निसाना बनाएका हुन् ।

 

ताल अफर सिया मुस्लिमको बाहुल्यता भएको इराकी शहर हो जुन आइ एसले २०१४मा कब्जा गरेको थियो ।

 

यो शहरलाई आइएस को हतियार तथा अन्य सामान सप्लाई गर्ने मुख्य नाका मानिन्छ ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);