प्राचीन मेसोपोटामियाको बाबिलोन शहर विश्व सम्पदा सूचीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्राचीन मेसोपोटामियाको बाबिलोन शहर विश्व सम्पदा सूचीमा

ancient city babylon

एजेन्सी, २१ असार । तीन दशक भन्दा लामो प्रयासपछि प्राचीन मेसोपोटामियाको बाबिलोन शहर विश्व सम्पदा सूचिमा सूचिकृत भएको छ । इराकले चार हजार वर्ष पुरानो शहरलाई विश्व सम्पदा सूचिमा समावेश गराउनका लागि सन् १९८३ देखि प्रयास गर्दै आएको थियो ।

संयुक्त राष्ट्रसंघीय शिक्षा तथा सांस्कृतिक संगठन युनेस्कोले सो शहरलाई हाल आएर विश्व सम्पदा सूचिमा समावेश गरेको हो । बाबिलोन शहर झुलन बगैँचा (ह्याङ्गि गार्डेन) का लागि सुपरिचित छ । सो बगैँचा विश्वका सात आश्चर्य मध्ये एक हो ।

पछिल्ला वर्षमा यो शहर अतिक्रमणको चपेटामा परेको छ । पहिले सद्दाम हुसेनका लागि दरबार बनाइयो । त्यसपछि अमेरिकी सैनिकले आफ्नो बेसक्याम्पका रुपमा प्रयोग गर्दा समस्या परेको हो ।

युनेस्को कमिटिको अजरबैजानमा बसेको बैठकले बाबिलोन शहरलाई विश्व सम्पदाको मान्यता दिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);