फ्रान्स र इरानबीच आणविक सम्झौता बारे पुनः वार्ता गर्ने सहमति | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

फ्रान्स र इरानबीच आणविक सम्झौता बारे पुनः वार्ता गर्ने सहमति

macron-rouhani

एजेन्सी, २२ असार । फ्रान्स र इरानबीच भएको आणविक सम्झौता बचाइराख्न फेरि वार्ता शुरु गर्ने सहमति भएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोन र उनका इरानी समकक्षी हसन रुहानीबीच भएको टेलिफोन कुराकानीमा यस्तो सहमति भएको हो ।

फ्रान्सका राष्ट्रपति म्याक्रोनले सन् २०१५ को उक्त सम्झौता छोड्दा उत्पन्न हुने परिणामबारे गंभिर चासो व्यक्त भएको बताएका छन् । इरानी राष्ट्रपति रुहानीले तेहेरानको आणविक कार्यक्रमलाई आणविक सम्झौतालाई बचाइ राख्न युरोपेली मुलुकले तत्काल कदम चाल्न आग्रह गरेका छन् । सबै खाले प्रतिबन्ध हटाउनु नै इरान र ६ शक्ति राष्ट्रबीच उपयुक्त शुरुवात हुने उनको भनाई थियो ।

यसअघि रुहानीले बेलायत, फ्रान्स, जर्मनी, चीन र रुसलाई अमेरिकी प्रतिबन्धबाट बचाउने प्रतिबद्धता पूरा गर्न आइतवार सम्मको समय दिएका थिए । राष्ट्रपति म्याक्रोनले इरान र अन्तराष्ट्रिय साझेदारसंग नियमित छलफल गरि तनाब घटाउने प्रयास जारी जनाइएको छ ।

गत वर्ष सम्झौताबाट अलग्गिएको घोषणा पछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानविरुद्ध कडा प्रतिबन्ध लगाएका छन् ।

यसको प्रतिक्रिया स्वरुप गत मेमा इरानले पनि यूरेनियम सम्बद्र्धनको काम शुरु गरेको जनाएको थियो । पछिल्लो समयमा इरानले अमेरिकी जासुसी ड्रोन विमान खसाले पछि दुई मुलुकबीच सम्बन्ध थप तनाबपूर्ण बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);