इरान आणविक सम्झौताबाट बाहिरिएको अमेरिका फेरी फर्कने संकेत | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

इरान आणविक सम्झौताबाट बाहिरिएको अमेरिका फेरी फर्कने संकेत

एजेन्सी । विश्व शक्ति राष्ट्रहरु र इरानबीचको आणविक सम्झौताबाट बाहिरिएको अमेरिकाले फेरी फर्कने संकेत दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले एक संयुक्त बृहत्तर योजनामार्फत अमेरिका सम्झौतामा पुनः सामिल हुन चाहेको बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

यसकालागि इरानले सम्झौतामा तोकिएका मापदण्डलाई पूर्ण पालना गर्नुपर्ने अमेरिकाको शर्त छ । अमरिकाको यस्तो संकेतसंगै विश्व शक्ति राष्ट्रहरूले इरानसँगको आणविक सम्झौताबारे अष्ट्रियाको राजधानी भियनामा चौथो चरणको वार्ता शुरू गरेका छन् ।

अमेरिका र इरान दुबैले समाधान सम्भव भएको संकेत दिएपछि सुरुभएको वार्ता सफल हुने विश्वास लिइएको छ । सन् २०१५ मा अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामाको अग्रसरतामा विश्व शक्ति राष्ट्रहरूले इरानसँग गरेको महत्वपूर्ण आणविक सम्झौता गरका थिए ।

सन् १९ सय १८मा अमेरिकालाई कुनै हित नगर्ने भन्दै तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताबाट पछि हटेको घोषणा गरेका थिए । अमेरिका सम्झौताबाट बाहिरिएपछि इरान पनि पछि हटेको थियो ।

देशलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने उद्देश्यले गरिएको सम्झौताबाट फिर्ता हुँदै युरेनियम प्रशोधन तथा उत्पादनलाई अझ व्यापकता दिने काम इरानले गर्दै आएको छ । सन् २ हजार १५ मा भएको सम्झौतामा अमेरिकासँगै फ्रान्स, बेलायत, रसिया र चीन र इरानले हस्ताक्षर गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);