आणविक सम्झौता पालना नगर्ने इरानको घोषणा, अब के हुन्छ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आणविक सम्झौता पालना नगर्ने इरानको घोषणा, अब के हुन्छ?

iran

एजेन्सी, २१ पुस । सन् २0१५ मा भएको आणविक सम्झौता पालना नगर्ने इरानको घोषणा, अमेरिका र इरानबीचको विवाद साम्य पार्ने प्रयासमा चीन र रुसका विदेशमन्त्रीबीच कुराकानी  भएकाे छ।

अमेरिकासंगको विवाद चुलिएपछि इरानले आणविक सम्झौता पालना नगर्ने घोषणा गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अमेरिकाले आफ्ना एक सैन्य कमाण्डरको हत्या गरेपछि बदला लिने उद्घोष गरेको इरानले आणविक हतियार उत्पादन गर्ने भन्दै सम्झौता पालना नगर्ने घोषणा गरेको हो ।

इरानको आणविक हतियार उत्पादनमा नियन्त्रण गर्ने प्रयासमा अमेरिकाले को पहलमा सन २0१५ मा चीन, वेलायत, रुस, जर्मनी , फ्रान्स र अमेरिकासंग इरानले आणविक सम्झौता गरेको थियो ।

अमेरिकाले सन् २0१८ मा नै यो सम्झौताबाट हात झिकीसकेको थियो । यसैबीच इरान अमेरिका बीचको विवाद साम्य गर्ने प्रयासमा चीन र रुसका विदेशमन्त्रीबीच इरान कुराकानी भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);