अस्ट्रेलियामा फैलिएको डढेलो नियन्त्रण बाहिर, पचास करोड पशुपंक्षीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अस्ट्रेलियामा फैलिएको डढेलो नियन्त्रण बाहिर, पचास करोड पशुपंक्षीको मृत्यु

australia bush fire

एजेन्सी , २० पुस । अष्ट्रेलियामा तिव्र गतिको हावाका कारण डढेलो नियन्त्रणमा लिन निकै समस्या भएको जनाइएको छ । १ सय २८ किलोमिटर प्रतिघण्टाको गतिको हावाका कारण डढेलो थप फैलिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

न्यु साउथ वेल्ससँगैको भिक्टोरिया राज्यमा डढेलोका कारण फसिरहेका स्थानीयको हेलिकप्टरमार्फत उद्धार गरिएको अष्ट्रेलियाका अधिकारीहरुले जनाएका छन् । गत सेप्टेम्बरदेखी सुरु भएको डढेलोमा परी २३ जनाको मृत्यु भइसकेको छ । १ हजार २ सय घर जलेर नष्ट भएका छन् । डढेलोका कारण अहिलेसम्म करिब पचास करोड पशुपंक्षी जलेर मरेका छन्। सबैभन्दा बढि न्यु साउथ वेल्स प्रभावित भएपनि सबै राज्यमा आगोको प्रभाव रहेको छ ।

आपतकालको घोषणा गर्दै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले डढेलो नियन्त्रणका लागि ३ हजार अतिरिक्त सेना खटाउने निर्णय गरेका छन । अष्ट्रेलियामा वर्षा नहुँदा समेत अत्याधिक गर्मीले आगो फैलन मद्धत गरेको मौसम विदले बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);