अस्ट्रेलियाको सिड्नी शहर धुवाँको मुस्लोले ढाकेर अन्धकारमय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

अस्ट्रेलियाको सिड्नी शहर धुवाँको मुस्लोले ढाकेर अन्धकारमय

एजेन्सी, ३ मंसिर । अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नी धुवाँको मुस्लोले ढाकेर अन्धकारमय भएको छ । वनमा लागेको डढेलोका कारण उत्पन्न धुवाँको मुस्लोले ढाकीएर सिड्नी अन्धकारमय भएको संचार माध्यमहरुले जनाएका छन्।

डढेलोका कारण फैलिएको धुँवाले वातावरणमा प्रतिकुल असर पारेपछि सिड्नीको जनजिवन प्रभावित भएको छ । साथै सिड्नीको उत्तरी क्षेत्रमा आगलागी समेत भएको छ ।

५० लाख भन्दा बढीको बसोबास रहेको सिड्नी धुवाँको मुस्लोले ढाकीएपछि आम नागरिक मास्क लगाएर हिंडडुल गर्न बाध्य छन् । २ सातादेखि लागेको डढेलो र आगलागी नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रकका साथै हेलिकप्टर समेत परिचालन गरिएको छ ।

डढेलोका कारण ६ जनाको ज्यान गइसकेको छ । डढेलो प्रभावित अष्ट्रेलीयाका २ वटा राज्य न्यु साउथ वेल्स र क्विन्सल्याण्डमा आपतकालीन अवस्था घोषणा गरिसकीएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);