मालीमा २४ सैनिक र १७ विद्रोही लडाकूको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

मालीमा २४ सैनिक र १७ विद्रोही लडाकूको मृत्यु

mali soldiers dead

एजेन्सी, ३ मंसिर । अफ्रिकी मुलुक मालीको गाओ सीमा क्षेत्रमा संयुक्त सुरक्षा कारबाहीमा २४ सैनिक र १७ विद्रोही लडाकूको मृत्यु, २९ जना सैनिक घाइते । अफ्रिकी मुलुक मालीको गाओ सीमा क्षेत्रमा संयुक्त सुरक्षा कारबाहीका क्रममा ४१ जनाको मृत्यु भएको छ ।

माली र नाइजरको संयुक्त सुरक्षा फौजले गाओ सीमा क्षेत्रमा गरेको संयुक्त सुरक्षा कारबाहीका क्रममा २४ जना सैनिक र १७ जना विद्रोही लडाकूको मृत्यु भएको माली सेनाले जनाएको छ ।

माली सेनाले कारबाहीका क्रममा २९ जना सैनिक घाइते भएको र करिब १ सय जना विद्रोहीलाई नियन्त्रणमा लिएको बताएको छ । माले सेनाले कुन विद्रोही समूह विरुद्ध संयुक्त सुरक्षा कारबाहि गरिएको भन्ने बारेमा भने स्पष्ट नगरेकोे संचार माध्यमहरुले जनाएका छन् ।

सन् २०१२ पछि इस्लामी आतंवादीहरुले मालीका धेरै शहर कब्जामा लिएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार गत जनवरीदेखि मात्र माली र बुर्किना फासोमा एक सय भन्दा बढी नागरिक मारिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);