अफगानिस्तानको सुरक्षा कारबाहीमा २७ लडाकूको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

अफगानिस्तानको सुरक्षा कारबाहीमा २७ लडाकूको मृत्यु

एजेन्सी १३ चैत । अफगानिस्तानको जाबुल प्रान्तमा भएको सुरक्षा कारबाहीमा परेर २७ जना लडाकूको मृत्यु भएको छ ।

सरकारी सुरक्षा निकायले चलाएको सुरक्षा कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको हो । सेनाले बिहीबार जारी गरेको वक्तव्यका अनुसार सुरक्षा कारबाहीका क्रममा अन्य १८ लडाकू घाइते समेत भएका छन् ।

साथै त्यहाको सुरक्षाकर्मीले लडाकूहरुले प्रयोग गर्ने गरेको मोटरसाइकल, विस्फोटक पदार्थ तथा अन्य हतियारहरु समेत नष्ट गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । सुरक्षा कारबाहीका क्रममा सरकारी सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने उल्लेख गरिएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);