अमेरिकी सेनाको कारवाहीमा ६ आईएसका लडाकूको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकी सेनाको कारवाहीमा ६ आईएसका लडाकूको मृत्यु

एजेन्सी, ६ मंसिर । अमेरिकी सेनाको कारवाहीमा ६ जना इस्लामिक स्टेट आईएसका लडाकू मारिएका छन् । इराकको आतंकवाद विरोधी सेवा सीटीएसको कमाण्डो फोर्सको कारवाहीमा उत्तरी इराकको निन्वेहमा कारवाहीका क्रममा ६ जना आईएसका लडाकू मारिएका हुन् ।

अमेरिकी सेनाले विद्रोही लडाकूको पकड रहेको उत्तरी क्षेत्रमा आक्रमण गरेको र आक्रमणका क्रममा विद्रोहीहरुका महत्वपूर्ण दस्तावेज र हतियारसमेत सेनाले बरामद गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

राजधानी बगदादको उत्तरमा रहेको हिमाली र ग्रामिण क्षेत्रहरुमा आफ्ना गतिविधि सञ्चालन गरीरहेका विद्रोहीमाथि कारवाहीका लागि विगतमा पनि सेनाले हवाइ तथा स्थलगत गस्ती गर्दै आएको थियो ।

विद्रोहीले सर्वसाधारण, सुरक्षाकर्मी तथा सरकारी अधिकारीहरुलाई निशाना बनाउँदै आएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);