अमेरिकी सेनाले सोमालियामा गरेको कारबाहीमा ६२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अमेरिकी सेनाले सोमालियामा गरेको कारबाहीमा ६२ जनाको मृत्यु

america

काठमाडौं, ३ पुस । अमेरिकी सेनाले सोमालियामा गरेको कारबाहीमा ६२ जना लडाकूको मृत्यु भएको छ ।

राजधानी मोगादिसु देखि दक्षिणपश्चिमी क्षेत्रमा भएको आक्रमणमा अल–शबाबका लडाकुको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ । अमेरिकी सेनाले शनिबार गरिएको चार वटा हवाई हमलामा ३२ जना र आइतबार गरिएका दुई वटा हवाई हमलामा २८ जना लडाकूको मृत्यु भएको जनाएको छ ।

somali

अमेरिकाले सन् २०१७ को नोभेम्बरदेखि सोमालियाका लडाकूविरुद्ध कारबाही चलाउँदै आएको छ । अहिलेसम्म कम्तिमा १ सय जना लडाकू मारिएको बताइएता पनि ब्यूरो अफ इन्भेस्टिकेसन जर्नालिजमको तथ्यांक अनुसार सन् २०१७ को सुरुदेखि हुन थालेको हमलामा ४ सय मानिस मारिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);