अफगानिस्तानमा सेनाको कारबाहीमा परेर ९० तालिवानको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

अफगानिस्तानमा सेनाको कारबाहीमा परेर ९० तालिवानको मृत्यु

एजेन्सी । अफगानिस्तानमा सरकारी सेनाले गरेको कारबाहीमा परेर ९० तालिवान लडाकूको मृत्यु भएको छ ।

अफगानिस्तानका बिभिन्न शहरमा पकड जमाएर बसेका तालीवान लडाकु बिरुद्ध सरकारी सेनाको गरेको कारबाहीमा उनीहरु मारिएका हुन् । कन्दाहार, हेरात, फराह, र कापिसा प्रान्तमा अफगान सेनाले हवाई तथा स्थलगत कारबाही गरेको थियो ।

त्यसैगरी अफगानिस्तानकै घाज्नी प्रान्तमा पर्ने मलिस्तानमा भएको हिंसात्मक घटनामा ४३ सर्वसाधारण र केही सुरक्षाकर्मीहरुको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

अफगानिस्तानबाट अमेरिकी सेना बाहिरिएसंगै तालिवानले आफ्नो पकड क्षेत्र विस्तार गर्दै अघि बढेपछि सरकारले देशको करीब दुई तिहाई भूमागमा रात्रीकालीन कफ्र्यू लागू गरेको छ । कफ्र्यूकैबीच सरकारी सेनाले विद्रोही विरुद्ध कारबाही थालेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);