अफ्रिकी मुलुक ट्युनियसियामा राजनीतिक संकट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अफ्रिकी मुलुक ट्युनियसियामा राजनीतिक संकट

एजेन्सी । अफ्रिकी मुलुक ट्युनियसियामा राजनीतिक संकट निम्तिएको छ । राष्ट्रपति कैस सय्यदले प्रधानमन्त्री हिचम मेकिचीलाई बर्खास्त गर्दै संसद् भंग गरेपछि ट्युनिसियामा राजनीतिक संकट निम्तिएको हो ।

कोरोना महामारी रोकथाम र नियन्त्रणमा सरकार असफल भएको भन्दै देशभर प्रदर्शन भइरहेका बेला राष्ट्रपति सय्यदले प्रधानमन्त्री मेकिचीलाई बर्खास्त गरेका हुन । संसद्समेत भंग भएपछि ट्युनिसियामा ‘कु’ भएको आशंका गरिएको छ ।

राष्ट्रपति सय्यदले भने देशमा शान्ति सुरक्षा कायम राख्न आफूले कदम चालेको दाबी गर्दै नयाँ प्रधानमन्त्री चयन गरेर देशको अवस्था नियन्त्रणमा आउने बताएका छन । तर विपक्षीले भने यसलाई ‘कु’ को संज्ञा दिएका छन् ।

प्रधानमन्त्री बर्खास्तीमा परेको खबर सार्वजनिक भएसँगै राजधानी ट्युनिसमा सर्वसाधारणले खुसीयाली मनाएका थिए । राष्ट्रपति पनि सर्वसाधारणको प्रदर्शनमा सहभागी भएको बताइएको छ । त्यसभन्दा पहिले पनि राजधानीसहित मुलुकका विभिन्न सहरमा सत्तारुढ दलविरुद्ध प्रदर्शन भएको थियो ।

१० वर्षअघि सन् २०११ मा भएको क्रान्तिले ट्युनिसिया लोकतान्त्रिक बाटोमा हिँडेको थियो । जुन आन्दोलन ‘अरब क्रान्ति’ का नामले समेत चर्चित छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);