श्रीलङ्कमा रक्तपात हुने प्रधानमन्त्री विक्रमासिङ्घेको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

श्रीलङ्कमा रक्तपात हुने प्रधानमन्त्री विक्रमासिङ्घेको चेतावनी

काठमाडौं, १७ कात्तिक । श्रीलङ्काका अपदस्त प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संविधान विपरित राज्य नियन्त्रण गर्न खोजे रक्तपात हुने चेतावनी दिएका छन् ।

मुलुकमा सृजना भएको राजनीतिक तथा संवैधानिक संकट संवैधानिक तबरबाट नै समाधान गर्न उनले माग गरे । निर्वाचित प्रधानमन्त्री विक्रमासिङ्घेलाई गत हप्ता राष्ट्रपति मैत्रीपाला सिरिसेनाले एकाएक बर्खास्त गरेको घोषणा गरेका थिए ।

उनको सट्टामा राष्ट्रपति सिरिसेनाले आफैँसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गरेका पुर्वराष्ट्रपति महेन्दा राजापाक्षेलाई नियुक्त गरेका छन् । राष्ट्रपति सिरिसेना र अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घे विच केही विषयमा सुरु भएको विवादले राजनीतिक संकट निम्त्याउने सम्मको अवस्थामा पुयाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);