श्रीलंकामा राजनीतिक संकट गहिरिँद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

श्रीलंकामा राजनीतिक संकट गहिरिँद

एजेन्सी, १२ कात्तिक । श्रीलंकाको राष्ट्रपतिले संवैधानिक कू मार्फत वैधानिक प्रधानमन्त्री रानिल विक्रम सिंघेलाई अपदस्त गरी पूर्वराष्ट्रपति महिन्दा राजपक्षेलाई प्रधानमन्त्री बनाएपछि पक्ष र विपक्षमा प्रदर्शन भइरहेको छ ।

दुई जना प्रधानमन्त्रीका समर्थहरुले आरोप प्रत्यारोप लगाउँदै कार्यालय र सडक तताउन थालेका छन् । श्रीलंकाको तनावपूर्ण अवस्था हेरी व्यापक मात्रामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

एउटै देशमा दुई वटा प्रधानमन्त्री भएपछि शासनको बागडोर सञ्चालनमा कठिनाई उत्पन्न हुन्छ नै । साथै पक्ष र विपक्षमा सत्ताका लागि जोर जर्बजस्ती चलेपछि लडाई स्वभाविक छ । श्रीलंकामा सत्ताको लडाई उत्कर्षमा पुगेको छ ।

घटनाक्रममा बर्खास्त गरिएको सरकारको पेट्रोलियम मन्त्री अर्जुन रणतुंगालाई बन्धक बनाउने प्रयासमा सुरक्षाकर्मीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ । सो घटनामा दुई जना घाइते भएका छन् ।

सुरक्षाकर्मीले स्थिति काबुमा राख्नका लागि फायरिङ गरेको बताएका छन् । श्रीलंकाको राष्ट्रपति मैत्रीपाल सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रम सिंघेलाई शुक्रबार बर्खास्त गरी महिन्दा राजपक्षेलाई प्रधानमन्त्रीको सपथ दिलाएका थिए ।

तत्तपश्चात संसदलाई १६ नोभेम्बरसम्मका लागि निलम्बन गरेका थिए । यो घटनापछि दुइटा प्रधानमन्त्रीको पक्ष र विपक्षमा प्रदर्शन भइरहेको छ । अपदस्थ प्रधानमन्त्री विक्रम सिंघेले बहुमत आफूसँग रहेको दाबी गर्दै संसदको अध्यक्षको समर्थन प्राप्त गरेका छन् ।

जबकी नवनियुक्त प्रधानमन्त्री महिन्दा राजपक्षेको पक्षमा राष्ट्रपति रहेका छन् । राजपक्षेले आफ्नो पक्षमा सांसदहरुलाई लोभ्याउने प्रयास गर्दैछन् । सांसद फकाउने खेलसँगै विरोध र एक अर्काबीच आरोप प्रत्यारोपले परिस्थिति असहज बनेको छ ।

श्रीलंकाको २ सय २५ सदस्यीय संसदमा विक्रम सिंघेको पक्षमा एक सय ६ जना सांसद छन्, जो बहुमतका लागि ७ जना सदस्य कम रहेका छन् । उनले अन्य दलको समर्थनमा सरकार बनाएका थिए ।

जबकी राष्ट्रपति सिरिसेना र राजपाक्षे गठबन्धनसँग ९८ सांसद सदस्य मात्र छन् । राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री विक्रम सिंघेले सुशासन दिन नसकेको तथा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।

राष्ट्रपतिले राजपाक्षेलाई कानुन विज्ञको रायमा प्रधानमन्त्री बनाएको दाबी गरेका छन् । जबकी अपदस्थ प्रधानमन्त्री विक्रम सिंघेले राष्ट्रपतिले संविधान विपरित अर्को प्रधानमन्त्री नियुक्ती गरेको आरोप लगाएका छन् ।

श्रीलंकाको संविधान अनुसार प्रधामन्त्रीले पदबाट राजीनामा दिएमा वा संसदमा बहुमत गुमाएमा पद मुक्त हने व्यवस्था छ । तर यो दुइ वटा अवस्था नरहेको बेला प्रधामन्त्रीलाई बर्खास्त गर्नु न्यायोचित नभएको विक्रम सिंघेको भनाई छ ।

संसारभर चासो पूर्वक हेरिएको श्रीलंकाको घटनाप्रति भारतले प्रतिक्रिया दिंदै लोकतान्त्रिक र संवैधानिक व्यवस्था अनुरुप काम गर्न श्रीलंकालाई सुझाव दिएको छ । चीनले भने नवनियुक्त प्रधानमन्त्री राजपक्षलाई बधाई दिएको छ ।

उता अमेरिका र युरोपेली संघले श्रीलंकाका राष्ट्रपतिलाई संविधानको पालना तथा हिंसा फैलिन नदिन सर्तक रहन आग्रह गरेको छ । श्रीलंकामा दुईटा राजनीतिक दलको झगडाले साढेको जुधाई बाछाको मिचाई भन्ने प्रचलित उखान चरितार्थ भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);