आगामी तीन साता श्रीलंकामा इन्धन पाउन कठिनः प्रधानमन्त्री विक्रमासिंघे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आगामी तीन साता श्रीलंकामा इन्धन पाउन कठिनः प्रधानमन्त्री विक्रमासिंघे

कोलम्बो। श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आगामी तीन साता इन्धन र ग्यास पाउन कठिन समय हुने चेतावनी दिएका छन् । उनले ग्यास र इन्धनको भण्डारण नगर्न सर्वसाधारणलाई अपिल गर्दै अहिलेको अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यक बाहेकको यात्रामा प्रतिबन्ध लगाउने कदम चाल्नुपर्ने बताए । संसदलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघले यस्तो धारणा राखेका हुन्।

प्रधानमन्त्रीले देशलाई इन्धनका लागि प्रतिमहिना ५०० मिलियन अमेरिकी डलर र आगामी ६ महिनाको लागि इन्धन जोहो गर्न ३३०० मिलियन डलर आवश्यक पर्ने बताए ।
उनले हालको विश्वव्यापी संकटले तेलको मूल्य बढ्ने खतरा रहेको भन्दै बढ्दो मागका कारण यो वर्षको अन्त्यसम्ममा विश्वमा तेलको मूल्य ४० प्रतिशतसम्म बढ्ने अनुमान गरेका छन्। उनले ग्यास आयात गर्न मासिक ४० मिलियन डलर खर्च हुने र आगामी ६ महिनामा ग्यासका लागि २५० मिलियन अमेरिकी डलर आवश्यक पर्ने बताए।
प्रधानमन्त्रीले आर्थिक सुधारले मात्रै मुलुकको पुनर्निर्माण पर्याप्त नहुने बताए । सामाजिक–राजनीतिक र सार्वजनिक सेवामा पनि सुधार आवश्यकता रहेको उनले औँल्याए ।उनले देशले परम्परागत राजनीतिक विचारधारालाई त्यागेर देशको पुनर्निर्माणका लागि एकजुट भएर लाग्नुपर्ने बताए । देशको वर्तमान अवस्थालाई समाधान गर्ने जिम्मेवारी सदनका जनप्रतिनिधिको काँधमा रहेको प्रधानमन्त्रीले बताए।मलाई आशा छ कि तपाइँ सबैले हामी र हाम्रो देशले सामना गरेको अवस्था बुझ्नुहुन्छ। देशलाई यो स्थितिबाट माथि उठाउने हो भने परम्परागत बाटोको विकल्पका रूपमा नयाँ बाटो खोज्नुपर्छ’, प्रधानमन्त्रीले भने, ‘हामीले हाम्रा परम्परागत राजनीतिक विचारधारालाई छोटो समयका लागि त्यागेर देशको पुनर्निर्माणका लागि एकजुट हुनुपर्छ । यो प्रयासमा सिंगो देशका जनताले भूमिका खेल्नुपर्छ । देशको लागि हामी सबैको भूमिका आवश्यक छ ।’उनले अगाडि थपे, ‘हाम्रो मुख्य जोड यहाँ आर्थिक स्थायित्वमा हो। तर, आर्थिक स्थायित्व कायम गरेर मात्रै यसबाट बाहिर आउन सक्दैन। हामीले हाम्रो देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्न आवश्यक छ। ’

तर, एक दुई दिनमै आर्थिक स्थायित्व सम्भव नहुने उनले  बताए। उनले अगाडि भने, ‘ यो दुई तीन दिनमा गर्न सकिने कुरा होइन । यो चुनौती चमत्कारले गर्न सकिँदैन । नारा, जादू वा भावनाले होइन । बुद्धिमानीपूर्वक सोचेका परियोजनाहरू कार्यान्वयन गर्न कडा परिश्रम र समर्पण चाहिन्छ ।’श्रीलंकाको केन्द्रिय बैंकका अनुसार सन् २०२२ मा श्रीलंकाको कुल ग्राह्स्थ उत्पादन माइनस ३ दशमलब ५ रहनेछ । त्यस्तै, अन्तर्राष्ट्रिय मौद्रिक कोषले त झनै डरलाग्दो प्रक्षेपण गरेको छ । आईएमएफले श्रीलंकाको उत्पादन माइनस ६ दशमलब ५ प्रतिशत हुनेछ।

युक्रेन युद्धको प्रभावका कारण अर्को वर्ष विश्वव्यापी अर्थतन्त्रको औसत राष्ट्रिय उत्पादन घट्नेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);