१ सय ८८ जना यात्रु बोकेर इन्डोनेसियाको जाकार्ताबाट उडेको जहाज समुद्रमा खस्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

१ सय ८८ जना यात्रु बोकेर इन्डोनेसियाको जाकार्ताबाट उडेको जहाज समुद्रमा खस्यो

aeroplane

एजेन्सी, १२ कात्तिक । जाकार्तामा एक सय ८८ जना यात्रु बोकेर उडेको जहाज समुद्रमा खसेको छ ।

इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडे लगत्तै जहाज दुर्घटना भएको हो । जहाजका अवशेष र तेल समुद्रको पानीमा तैरिएका फोटोहरु सार्वजनिक भएका छन् । सम्पूर्ण यात्रुहरुको अवस्था अज्ञात छ । तर, यात्रुका आफन्तजनहरुमा भने रुवावासी सुरु भइसकेको छ । जहाजमा १ सय ७८ जना वयस्क, एक बालक, दुई नवजात शिशु, दुई पाइलट र पाँच जना चालक दलका सदस्यहरु रहेका थिए ।

इन्डोनेसियाको अर्थ मन्त्रालयका २० जना कर्मचारी विमानमा रहेका थिए । लायन एयरर्सको जेटी ६१० बिमान पाङकल पिनाङका लागि उडेको थियो । टेक अफ गरेको १३ मिनेटपछि सो जहाज एयर कन्ट्रोलको सम्पर्कबाट बाहिर गएको थियो । दुर्घटना हुनुअघि पाइलटले जहाजलाई बिमानस्थलमा फर्काउने प्रयास गरेको देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);