अमेरिकाको पेन्सिलभेनियामा अन्धाधुन्द गोली प्रहार, ११ को मृत्यु ६ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अमेरिकाको पेन्सिलभेनियामा अन्धाधुन्द गोली प्रहार, ११ को मृत्यु ६ जना घाइते

america goli

एजेन्सी, ११ कात्तिक । अमेरिकाको पेन्सिलभेनियाको पिट्सबर्गमा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

यहुदिहरुको बसोबास रहेको स्क्वीरिल हिल क्षेत्रमा यो आक्रमण भएको हो । आक्रमणकारी ४६ वर्षीय रोबर्ट बोवर्स नामक व्यक्ति रहेको बताइएको छ । तर उनले किन गोली चलाए भन्ने खुलेको छैन ।

यहुदीहरुको पवित्र पूजास्थल ट्री अफ लाइफ सिनगोंगमा यहुदीहरुको प्रार्थना चलिरहेको बेला एकजना गोरो वर्णको व्यक्ति असाल्ट राइफल र दुईवटा पेस्तोलसहित प्रवेश गरी गोली चलाएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);