Our Network

माघ ५ २०७८, बुधवार

अन्धाधुन्द गोली प्रहारबाट अमेरिकामा २९ जनाको मृत्यु, ४२ घाईते (अपडेट)

काठमाडौं, १९ साउन । अमेरिकाको टेक्सासस्थित अल पासो र ओहायो हेटन भन्ने स्थानमा अन्धाधुन्द गोली प्रहार हुँदा २९ जनाको मृत्यु भएको छ । घटनामा दुबै राज्यमा गरी ४२ जना घाईते भएका छन् ।

टेक्सास राज्यका गभर्नर ग्रेग अब्बोटले सो घटनालाई टेक्सासको इतिहासमै भयानक दिन भएको बताएका छन् । घटना सिलो भिस्टा मलको वालमार्ट स्टोरमा भएको हो । एक जना २१ वर्षीय युवकलाई उक्त गोली प्रहारमा संलग्न भएको आरोपमा हिरासतमा लिइएको छ ।

अब्बोटले युवकलाई पक्राउ गरेकोमा प्रहरीको सराहना गरेका छन् । किन बन्दुक चलाइएको भन्ने बिषयमा अनुसन्धान भइरहेको जनाइएको छ । यसैगरी आइतवार नै अमेरिकाको ओहायो राज्यको डेटन भन्ने स्थानमा अन्धाधुन्ध गोली प्रहार हुँदा ९ जनाको मृत्यु भएको छ ।

अन्तराष्ट्रिय संचार माध्यमका अनुसार उक्त स्थानमा कसले र किन गोली प्रहार गर्यो भन्ने थाहा नभएपनि धेरै हताहत भएको आशंका प्रहरीले गरेको छ । प्रहरीका अनुसार हालसम्म ९ जनाको मृत्यु भएको र १६ जना घाइते भएको पुष्टि भएको छ ।