अमेरिकामा गोली प्रहार हुँदा २० जनाको मृत्यु, २६ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अमेरिकामा गोली प्रहार हुँदा २० जनाको मृत्यु, २६ घाइते

america goli prahar1

एजेन्सी, १९ साउन । अमेरिकाको टेक्ससस्थित अल पासोमा शनिवार राती भएको गोली प्रहारबाट २० जनाको मृत्यु हुुनुका साथै २६ जना घाइते भएका छन् ।

गभर्नर ग्रेग अब्बोटले सो घटनालाई टेक्ससको इतिहासको एउटा भयानक दिन भएको बताएका छन् । घटना सिलो भिस्टा मलको वालमार्ट स्टोरमा भएको हो । एक जना २१ वर्षीय युवकलाई उक्त गोली प्रहारमा संलग्न भएको आरोपमा हिरासतमा लिइएको छ । अब्बोटले सो युवकलाई पक्राउ गरेकोमा प्रहरीको सराहना गरेका छन् । गभर्नर अब्बोटले पीडित र तिनका आफन्तको समर्थनमा सबै रहेको जनाएका छन् ।

सो बन्दुकधारीको बारेमा एफबीआइले अनुसन्धान गरिरहेको जनाइएको छ । उसको एउटा कागजातमा स्थानीय हिस्पानीक समुदायलाई लक्षित गरेको पाइएकोले सो बारेमा अध्ययन भइरहेको जनाइएको छ । घटनापछि डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार बेछो ओ रोर्केले आफ्नो लस भेगासको चुनावी अभियान स्थगन गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);