इरानमा आक्रमणकारीले अन्धाधुन्द गोली चलाउँदा ११ को मृत्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

इरानमा आक्रमणकारीले अन्धाधुन्द गोली चलाउँदा ११ को मृत्य

एजेन्सी, ६ असोज । इरानको दक्षिण पश्चिमी शहर अहवाजमा हतियारधारी आक्रमणकारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

सैन्य परेडका क्रममा सैन्य पोशाकमा आएका आक्रमणकारीले गोली चलाउँदा सर्वसाधारणसहित ११ जनाको मृत्यु भएको हो भने २० जना घाइते भएका छन् ।

इरानले सन् १९८० देखि १९८८ सम्म इराकसँग भएको युद्धको सुरुवातको वार्षिकोत्सव मनाउँदै थियो । यसैको अवसरमा देशका बिभिन्न ठाउँमा परेड भइरहेका थिए । परेड चलिरहेको ठाउँमा सेनाको भेषमा रहेका आक्रमणकारीले नजिकै रहेको एउटा पार्कबाट गोली चलाएका थिए।

गोलीबारी करीब १० मिनेटसम्म चलेको र पछि स्थिति नियन्त्रणमा लिइएको इरानी अधिकारीहरूले जनाएका छन् । घटनामा सुरक्षाकर्मीको गोली लागि दुईजना आक्रमणकारीको मृत्यु भएको छ भने दुईजनालाई नियन्त्रणमा लिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);