माल्दीभ्समा राष्ट्रपति पदका लागि निर्वाचन सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

माल्दीभ्समा राष्ट्रपति पदका लागि निर्वाचन सम्पन्न

maldives_yameen

एजेन्सी, ७ असाेज । माल्दिभ्समा राष्ट्रपति पदका लागि आइतबार निर्वाचन भएको छ । राष्ट्रपति पदका लागि बर्तमान राष्ट्रपति अब्दुल्ला यामीन र इब्राहिम मोहम्मद सोलिह बीच प्रतिस्पर्धा भएको छ ।

विभिन्न द्धिपबाट बनेको एशियाली मुलुक माल्दिभ्समा आइतबार राष्ट्रपति पदको निर्वाचन भएको छ । करीव ४ लाख जनसंख्या भएको माल्दिभ्समा २ लाख ६२ हजार १ सय ३५ मतदाताले मताधिकार पाएका थिए । चुनावका लागि ४ सय ७२ वटा मतदान केन्द्रको व्यवस्था गरिएको थियो । राष्ट्रपति अब्दुल्ला यामिन र उनका प्रतिस्पर्धि इब्राहिम मोहम्मद सोलिह बीच कडा टक्कर भएतापनि बर्तमान राष्ट्रपति यामिनलेनै जित्ने दावि गरिएको छ ।

निर्वाचन परिणाम सोमबार सम्म सार्वजनिक हुने जनाइएको छ । मतदाताहरु विहान ८ बजे देखिनै लामवद्ध रुपमा उत्साहपुर्वक मतदान गरेका थिए । मतदानका लागि लाम्वद्ध भएका मतदाता मध्ये केहिले चुनाव निश्पक्ष नहुने चर्चा गरिरहदा पर्यवेक्षकहरु आश्चर्यमा परेका थिए । सत्तामा रहिरहन राष्ट्रपतिले धाधली गर्ने चर्चा चलेतापनि चुनाव निश्पक्ष तवरमा सम्पन्न भएको निर्वाचन आयोगले दावि गरेको छ ।

वर्तमान राष्ट्रपतिले आफ्ना प्रमुख प्रतिद्धन्दीहरुलाई तर्साउने र कारगार चलान गरेको विपक्षीहरुले आरोप लगाएका छन् । केहि प्रतिद्धन्दी देश बाहिर निर्वासित जिवन व्यतित गर्न पनि बाध्य पारिएको विपक्षीहरुको आरोप रहेको छ ।

५९ वर्षिय यामिनले सन् २०१३ मा सत्ता समालेका थिए । उनि सत्तामा आएपछि भुतपुर्व राष्ट्रपति मोहम्मद नाशीद माथि न्यायलयको काममा हस्तक्षेपमा तथा आतंकवादको आरोपमा १३ वर्ष सजाय सुनाएपछि उनि उपचारको बाहानामा निर्वासित जिवन विताइरहेका छन् ।

माल्दिभ्समा सत्ता संघर्षको खेलले पक्ष र विपक्षमा केहि समय यता गुटबन्दि चर्चिदै गएपछि सर्वसाधारण जनता चिन्तित बनेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);