अमेरिकाको अस्पतलमा अन्धाधुन्ध गोली चल्दा डाक्टरसहित चार जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अमेरिकाको अस्पतलमा अन्धाधुन्ध गोली चल्दा डाक्टरसहित चार जनाको मृत्यु

america goli parahar

काठमाडौं, ४ मंसिर । अमेरिकाको सिकागोस्थित एक अस्पतालमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ ।

सिकागोको मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट अस्पतालका दुई महिला कर्मचारी, एक जना प्रहरी अधिकारी र आक्रमणकारीको मृत्यु भएको छ । प्रहरीसँगको गोली हानाहानमा आक्रमणकारीको मृत्यु भएको बताइएको छ ।

ज्यान गुमाउने दुई महिला मध्ये एक जना डाक्टर तथा अर्की एक पारामेडिकल असिस्टेन्ट रहेको सिकागोका मेयर राहम इम्यानुयलले जानकारी दिएका छन् । घटनामा एक प्रहरी अधिकारी घाइते भएका छन् । आक्रमणकारीले आफू प्रेम सम्बन्धमा रहेकी महिलालाई निशाना बनाएको बताइएको छ । तर घटनाको उद्देश्य स्पष्ट नभएको अधिकारीहरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);