यति एयरलाइन्स विमान दुर्घटना : १० जनाको शव फेला | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

यति एयरलाइन्स विमान दुर्घटना : १० जनाको शव फेला

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आज बिहान दुर्घटना ग्रस्त भएको छ । ७२ सिट क्षमताको विमानमा ६८ जना यात्रु र चार जना चालकदलका सदस्य रहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान विमान सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । घटनास्थलमा अहिले उद्धारकार्य भइरहेको छ । घटनास्थलबाट १० जनाको शव फेला परेको जनाइएको छ ।

६८ जना यात्रु बोेकेर उडेको एनएसी एटीआर ७२ जहाज पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको हो । जहाजमा आगो लागेको छ । विमानका क्याप्टेन कमल केसी थिए ।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेटमा खोँचमा दुर्घटना भएको हो । विमान दुर्घटना भएको स्थानमा आगोको ठुलो राँको उठेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);