यति एयरलाइन्सको विमान दुर्घटनामा ३० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

यति एयरलाइन्सको विमान दुर्घटनामा ३० जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आज बिहान दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

कास्की जिल्ला प्रसाशन कार्यालयले अहिलेसम्म ३० जनाको शव फेला परेको जनाएको छ ।

चालकदल सहित ७२ जना यात्रु लिएर उडेको विमानमा कोही पनि जीवित रहने सम्भावना कम रहेको स्थानीयहरुको भनाइ छ ।

७२ सिट क्षमताको विमानमा ६८ जना यात्रुरहेको प्रहरीले जनाएको छ । आइतबार बिहान विमान सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो ।

घटनास्थलमा अहिले उद्धारकार्य भइरहेको छ । घटनास्थलबाट १० जनाको शव फेला परेको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);