भेटिएका ६८ शवमध्ये ३५ जनाको सनाखत, आफन्तलाई बुझाउन शव बाहन र एम्बुलेन्स तयार | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

भेटिएका ६८ शवमध्ये ३५ जनाको सनाखत, आफन्तलाई बुझाउन शव बाहन र एम्बुलेन्स तयार

काठमाडौं । पोखरामा आइतबार भएको विमान दुर्घटनामा अहिलेसम्म ६८ जनाको शव फेला परेको छ । आइतबार ६३ र सोमबार बिहान थप ५ जनाको शव फेला परेको कास्की प्रहरीले जनाएको छ ।

बेपत्ता ४ जनाको खोजी गरिएको छ । पोखराका लागि काठमाडौंबाट ६८ यात्रु बोेकेर उडेको यति एयरलाइन्सको विमान पोखरा–७ घारीपाटन र पोखरा–१५ नयाँगाउँस्थित सेती नदीको खोंचमा दुर्घटना हुदा खोजी कार्यमा केही समस्या भएको हो ।

पोस्टमार्टमपछि शव आफन्तलाई दिन शव बाहन र एम्बुलेन्स तयार पारिएको छ । विमानमा चार चालकदलसहित ७२ जना सवार थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);