पोखराबाट २२ वटा शव आफन्तले बुझे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पोखराबाट २२ वटा शव आफन्तले बुझे

काठमाडौं, ४ माघ । आइतबार भएको बिमान दुर्घटनामा मृत्यु भएकामध्ये २२ जनाको शव आफन्तले बुझेका छन् । पोखरामा परीक्षण गरिएको सबै शव आफन्तलाई बुझाएको कास्की जिल्ला प्रसाशनले जनाएको छ । मंगलबार भेटिएका शव पनि काठमाडौं पठाउने तयारी गरिदैछ ।

मंगलबार नेपाली सेनाको हेलिकप्टरले ४८ जनाको शव पोखराबाट काठमाडौं ल्याएको थियो । पोखरामा पहिचान नभएका, विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौंमा परीक्षण हुँदैछ । शव क्षतविक्षत भएकोले पहिचान गर्न गाह्रो भइरहेको हो । अझै एकजना बेपत्ता छन् । उनको खोजी कार्य भइरहेको छ । मंगलबार गोताखोर र ड्रोनको प्रयोग गरेर शवको खोजी गरिएको थियो । सेती नदीको पानीको सतह घटाएर खोजी कार्य बढाउँदा दुर्घटनास्थलबाट २ किलोमिटर टाढा एक शव भेटिएको थियो ।

चालकदलका ४ जना सदस्यसहित ६८ यात्रु बोकेर पोखरा उडेको यति एयरलाइन्सको विमान आइतबार पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);