पुनको कलेजो प्रत्यारोपण गरिने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पुनको कलेजो प्रत्यारोपण गरिने

काठमाडौं, ४ माघ । लामो समयदेखि जण्डिसबाट पीडित नेकपा माओवादी केन्द्रका नेता उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरुले बताएको छन् ।

पुनको स्वास्थ्यमा समस्या आएपछि गत शनिबार रोल्पाबाट हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । अहिले उनको सुमेरु सिटी अस्पतालमा उपचार हुँदैछ ।

चिकित्सकहरुको अनुसार पुनको कलेजो ७० प्रतिशत भन्दा बढी बिग्रिसकेकोले उनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको हो । पुनलाई पेटमा पानी जम्ने समस्या पनि छ ।

पुनलाई भेट्न प्रधानमन्त्री प्रचण्ड, उपराष्ट्रपति नन्दबहादुर पुनसहित नेताहरु अस्पताल पुगेका छन् । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);