के रातो मछिन्द्रनाथलाई भक्तपुरमा प्रतिस्थापन सम्भव छ ? ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

के रातो मछिन्द्रनाथलाई भक्तपुरमा प्रतिस्थापन सम्भव छ ? ( भिडियो रिपोर्ट )

बिसांतर शाक्य  \ माउण्टेन टेलिभिजन एच्डी।

काठमाडौँ,पौष ४। नेपाल मण्डलमा खडेरीले हाहाकार मच्चिएपछि भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक आचार्य बन्धुदत्त र ललितपुरका रथचक्र ललित किसान तीनजना मिलेर आसामको कामाक्षमा गई मछिन्द्रनाथलाई नेपाल ल्याएको किम्वदन्ती छ । आफ्ना गुरु नेपाल आएको चाल पाएपछि दर्शन गर्न गोरखनाथ तपचर्याबाट उठ्दा नागहरू आआफ्नो स्थानमा गए । त्यसको प्रभावले गर्दा तत्काल वर्षा भयो, सहकाल आयो । मछिन्द्रनाथलाई तीनजना मिलेर ल्याएको हुँदा सबैले आ–आफ्नै स्थानमा लैजान चाहन्थे । यसले विवाद उत्पन्न भयो ।

अन्ततः ललितपुरका राजाले जेष्ठ नागरिकलाई निर्णय गर्न लगाउँदा ललितपुरमा नै राख्न सुझाए । मछिन्द्रनाथलाई ललितपुरमै प्रतिस्थापन गरियो । कथन अनुसार मछिन्द्रनाथ ललितपुरमा नै रहने भएपछि तत्कालीन राजहरुको बिचमा एउटा सहमति भएको थियो । सहमतिमा रातोमछिन्द्रनाथको रथ तान्दा भूकम्प आएमा, रथमा काग बसेमा, रथमा आगलागी भएमा र रथ भत्किएर बनाउन नसकिए जात्रा सम्पन्न गर्न नसके भक्तपुरमा स्थापना गर्ने सर्त थियो ।

२०७२ सालमा आएको महाभूकम्प र रथ बारबार बिग्रिएर करुणामयको जात्रा नै सम्पन्न गर्न नसकिने अवस्थामा आउँदा भक्तपुरमा लाने हल्ला चलेको थियो । त्यसबेला नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले समेत रातोमछिन्द्रनाथलाई भक्तपुरमा ल्याउने सके नयाँ इतिहास हुने बताउनु भएको थियो । भक्तपुर निवासी संस्कृतिविद् प्रा.पुरुषोत्तमलोचन श्रेष्ठ करुणामयलाई भक्तपुरमा स्थापना गर्ने कुरा काल्पनिक भएको बताउनु हुन्छ।

स्थानीयहरु राजा नरेन्द्रदेव उदारवादी भएकाले कमरुणामय ललितपुरमा राख्न सहमत भएको बताउँछन । करुणामय र भक्तपुरको सम्बन्ध अहिलेसम्म पनि विशेष रहेको छ । रथ तान्ने समयमा राजा नरेन्द्रदेवकोे तरवार रथमा ल्याउनु पर्ने रथ संचालनको आदेश दिनुपर्ने र प्रत्येक वर्ष मछिन्द्रनाथको महास्नान गर्दा पनि भक्तपुरबाट खड्ग ल्याउनु पर्ने परम्परा अहिले पनि यथावत नै छ। प्रा.डा.गौतमवीर बज्राचार्य पनि मछिन्द्रनाथलाई भक्तपुर सार्न सम्भव नरहेको तर्क गर्नुहुन्छ।

अहिले कीर्तिपुरस्थित गछें टोलमा मछिन्द्रनाथ र याक मिसाको मुर्ति स्थापना पछि उत्पन्न विवादले जात्रा तथा परम्परा नै समाप्त हुने अवस्था पुगेको छ। यही विवादले मछिन्द्रनाथ भक्तपुरमा स्थापित हुने होइन त भन्ने शंका पनि बढ्न थालेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);