विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली घटनास्थलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली घटनास्थलमा

काठमाडौं । आइतवार पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली घटनास्थलमा पुगेको छ ।

एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली बुधवार दुर्घटनास्थलमा पुगेको हो । विज्ञ टोलीले घटनास्थलको अवलोकन गर्नुको साथै उडानमा संलग्नहरुसँग पनि छलफल गर्ने र दुर्घटनाको कारण पत्ता लगाउने बताईएको छ ।

नेपालमा पहिलो पटक एटीआर विमान दुर्घटना भएसँगै विमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो दिएका छन् । यता आईतवार नै सरकारले विमान दुर्घटनापछि बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले पोखरामै रहेर काम थालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

जहाजको ब्ल्याक बक्स भेटिए पनि रिपोर्ट आउन ढिला हुने भएकाले दुर्घटनाको बास्तविक कारण कहिले पत्ता लाग्छ भन्ने एकीन नभएको बताइएको छ । सबै कुराको गहन ढंगले अध्यन गरेर मात्र रिपोर्ट सार्वजनिक गर्ने आयोगको तयारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);