विमान दुर्घटनाको खुलासा जाँचबुझ आयोगले मात्रै गर्न सक्छ : प्राधिकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विमान दुर्घटनाको खुलासा जाँचबुझ आयोगले मात्रै गर्न सक्छ : प्राधिकरण

काठमाडौं, २९ फागुन । नेपाल नागरिक उडड्यन प्राधिकरणले बंगाल एयरको विमान दुर्घटनाको खुलासा जाँचबुझ आयोगले मात्रै गर्न सक्ने जनाएको छ । प्राधिकरणका महानिर्देशक संजीव गौतमले मंगलबार अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी विमान दुर्घटनाको खुलासा जाँचबुझ आयोगको प्रतिवेदनले मात्रै गर्ने बताएका हुन् ।

उनले विमान दुर्घटना विशुद्ध प्राविधिक विषय भएकाले यसमा धेरै टिप्पणी गरिरहन प्राधिकरणले नमिल्ने बताए । महानिर्देशक गौतमले विमान दुर्घटनाको तथ्य बाहिर ल्याउन सरकारले नेपाल सरकारका पूर्वसचिव यज्ञबहादुर गौतम नेतृत्वको ६ सदस्यीय जाँचबुझ आयोग बनाएको र त्यसले छिट्टै आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने बताए ।

महानिर्देशक गौतमले विमानको फ्लाईट डिटेल्स नहेरी यसको दुर्घटनाको कारणबारे बोल्न नमिल्ने दाबी गरे । उनले विमान अवतरणका क्रममा तत्काल देखिएको अवस्थाका विषयमा मात्रै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले सोमबार नै पत्रकार सम्मेलन गरी जानकारी गराइसकेको स्पष्ट पारे ।

प्राधिकरणले विमान दुर्घटनाबारे बंगलादेशका नागरिक उडड्यन प्राधिकरणलाई पनि जानकारी गराइएको उनले बताए । सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बंगाल एयरको विमान दुर्घटनामा परी ४९ जनाको ज्यान गएको प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

विमानमा सवार यात्रुहरु मध्ये हाल ११ जना नेपाली, १० जना बंगलादेशी, १ जना माल्दिभ्सका नागरिकको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भईरहेको प्राधिकरणका महानिर्देशक गौतमले बताए । विमानमा ३३ जना नेपाली तथा चालक दलका ४ सदस्यसहित ७१ जना सवार थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);