विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न नागरिक उड्डयन प्राधिकरणको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न नागरिक उड्डयन प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन दिएको छ ।

सरकारले जाँचबुझ समिति गठन गरिसकेको भन्दै प्रधिकरणले विमान दुर्घटनासम्बन्धी घटनालाई जोडेर अनावश्यक नबोल्न निर्देशन दिएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले छानबिन समितिले घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर रिपोर्ट बाहिर ल्याउने भन्दै घटनाका विषयमा अड्कल अनुमान गर्नु वाञ्छनीय नहुने बताउनुभयो । प्रवक्ता निरौलाले सामाजिक सञ्जालमा विमान भित्रबाटै लाइभ गरेको भनेर भ्रम छर्न अर्कै भिडियो प्रचार गरिरहेको भन्दै त्यसमा सत्यता नरहेको समेत स्पष्ट पार्नुभयो । सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त भिडियो आईतवार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानको नभएको निरौलाको भनाई थियो ।

आईतवार बिहान त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखराको सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । दुघर्टना पश्चात जाहाज भित्रबाटै लाइृभ गर्दा गर्दै विमान दुर्घटनाग्रस्त बनेको भिडिओ अहिले सञ्चार माध्यम देखि सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सरकारले आईतवार विमान दुर्घटनापछि दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको थियो । आयोगले ४५ दिनको समयावधिमा दुर्घटनाको कारण पहिचान गर्ने र आगामी दिनमा त्यस्तो दुर्घटना हुन नदिन अपनाउनु र गर्नुपर्ने कारण पहिचान गरी सुझावसहितको प्रतिवेदन प्रश्तुत गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);