विमान दुर्घटनाको शोकमा आज बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विमान दुर्घटनाको शोकमा आज बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं, २ माघ । सरकारले आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार दिउँसो बसेको आकस्मिक बैठकले बिदा दिने निर्णय लिएको सरकारका प्रवक्ता समेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

आइतबार विहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको थियो । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानविन गर्न सरकारले आयोग गठनको निर्णय गरेको छ । आकस्मिक रुपमा आइतबार बसेको बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरेको हो। आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ।

काठमाडौंबाट चालकदलका ४ सदस्य र ६८ यात्रु गरी कुल ७२ सवारएएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेको थियो । बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दार कार्यलाई प्रभावकारी बनाउन सरकारका सबै संयन्त्रहरूलाई निर्देशित गरेको छ।

बैठकले घटनाबारे मृतकका आफन्तहरूलाई सही सूचना दिन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ। पार्थीव शरीर बुझ्न र लैजान सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्ने निर्णय पनि गरेको जनाइएको छ। सबै हवाइजहाजहरूको प्राविधिक परीक्षण अनिवार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ। देशभर राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);