भाइरल भिडियो गलत भएको उड्डयन प्राधिकरणका प्रवक्ताको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भाइरल भिडियो गलत भएको उड्डयन प्राधिकरणका प्रवक्ताको दाबी

काठमाडौं । आइतबार पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको जहाज भित्रबाटै लाइभ गरेको भनेर भाइरल भएको भिडियोमा सत्यता नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

जहाज भित्रबाटै लाइभ गरेको भनेर भ्रम छर्न अर्कै भिडिओ प्रचार गरिरहेको भन्दै त्यसमा सत्यता नरहेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले दाबी गरेका छन् ।

निरौलाले उक्त भिडिओ आइतबार दुर्घटना भएको जहाजको नभएको दाबी गरेका छन् । तर, सामाजिक सञ्जालमा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच गर्ने संस्था NepalFactCheck.orgले भने उक्त भिडिओ ‘फेक’ नभएको उल्लेख गरेको छ ।

विमानमा सवार सोनु जैसवालले लाइभ स्ट्रिमिङ गरेको उनका आफन्तले समेत भारतीय मिडियामा पुष्टि गरेका छन्। NepalFactCheck.org ले पनि भिडियोमा देखिएको दृश्य पोखराकै भएको पुष्टि गरेका छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);