पन्जशिरमा तालिवानद्वारा २० सर्वसाधरणको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पन्जशिरमा तालिवानद्वारा २० सर्वसाधरणको हत्या

एजेन्सी ।  अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकुले कम्तीमा २० सर्वसाधारणको हत्या गरेका छन् । सुराकीको आरोप लगाँउदै तालिवानले सर्वसाधरणको हत्या गरेको हो ।

हालै सार्वजनिक भएको एउटा भिडिओ फुटेजमा एक व्यक्तिलाई तालिवान लडाकुहरूले घेरेर गोली हानेको देख्न सकिन्छ । त्यस्तै, तालिवानले अर्का एक दुई सन्तानका पिताको पनि हत्या गरेका छन् । 

युद्धसँग आफ्नो कुनै स्वार्थ नरहेको बताएका अब्दुल सामीलाई तालिवानले हत्या गरेका हुन् । तालिवानले उनीमाथि विद्रोहीलाई सहयोग गरेको आरोप लगाएको छ । 
गत साता पन्जशिरमा त्यहाँका विद्रोही र तालिवानबीच भीषण युद्ध भएको थियो । युद्धपछि पन्जशिर आफ्नो नियन्त्रणमा रहेको तालिवानले दाबी गर्दै आएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);