तालिवान भन्छ– अफगानिस्तानमा आइएसको पत्तासाफ हुन्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

तालिवान भन्छ– अफगानिस्तानमा आइएसको पत्तासाफ हुन्छ

एजेन्सी । केही साता अघिसम्म अफगानिस्तानको पूर्वी सहर जलालाबादका चोकमा मानिसहरुको शब भेटिन्थ्यो । कसैलाई हातखुट्टा काटेर गोली ठोकेर फालिएको हुन्थ्यो भने केहीलाई सडकमै झुन्डाइन्थ्यो ।

हत्या गरिएकामध्ये धेरैका गोजीमा कागजको एउटा बिटो हुन्थ्यो । अनि त्यहाँ लेखिएको हुन्थ्यो–अतिवादी मुस्लिम समूह आईएसको सदस्यबिरुद्ध सरकारलाई गुप्तर गरेको अभियोगमा भौतिक कारबाही । 

ती त्रासदीपूर्ण हमलाको जिम्मा कसैले लिदैनथ्यो । बरु त्यस्ता गैरन्यायिक हत्यामा तालिवानको संलग्नता रहेको आशंका गरिन्थ्यो । किनकी अफगानिस्तानमा आइएसको तुलनामा तालिवानकै दबदबा थियो । तर, अहिले परिस्थिति भिन्न छ ।  

तालिवानको सत्तापलटपछि अफगानिस्तान तुलनात्मक रुपमा ‘शान्त’ छ । तर, कतिपय स्थानमा आईएसले आफ्नो प्रभाव देखाउन हिंसात्मक हमला गरेका छन् । आईएसलाई ‘निर्मूल’ गर्ने तालिवानले अठोट गरेको छ ।  पछिल्लो समयमा जलालाबादमा तालिवान आईएसमाथिको दमनमा उत्रिएको छ । स्थानीय स्तरमा ‘दायस’ भनिने आइएसले अहिले पनि तालिवान शैलीमा आक्रमण गरेर भाग्न थालेका छन् । 

आईएस र तालिवानबीच एक अर्कोमा आरोप–प्रत्यारोपमा उत्रिएका छन् । आइएसले तालिवानलाई आफ्नो अडान छोडेको आरोप लगाएको छ भने तालिवानले ‘जघन्य हत्या’ मा उत्रिएको बताएको छ । नानगरहार प्रान्तका तालिवान गुप्तर सेवाका प्रमुख डा. बशिरले आईएसलाई सो प्रान्तबाट पत्तासाफ गर्न थालेको बताउँछन् । तालिवानले सयौं आईएस लडाकु पक्राउ गरेको उनको भनाई छ । 

डा. बशिर र सम्पूर्ण तालिवानले नै अफगानिस्तानमा आईएसको पकड गुम्दै गएको बताउँछन् । अफगानिस्तानको युद्ध अन्त्य भएको र देश शान्तिको पथमा हिडिसकेको तालिवानको दाबी छ । अब अफगानिस्तानमा आईएसको अस्थित्व समाप्त पार्ने डा. बशिरको दाबी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);