तालिवानले अमेरिकालाई अफगानिस्तानबाट आफ्ना सेना तत्काल हटाउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एजेन्सी, ३२ साउन । विद्रोही संगठन तालिवानले अमेरिकालाई अफगानिस्तानबाट आफ्ना सबै सेना तत्काल फिर्ता लैजान आग्रह गरेको छ ।

तालिवानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखेको खुला पत्रमा अफगानिस्तानमा बाँकी रहेका अमेरिकी सेना फिर्ता बोलाउनका लागि आह्वान गरिएको हो ।

पत्रमा अफगानिस्तानमा युद्धको रणनीति त्यागेर अफगानी नागरिकसँग प्रत्यक्ष तथा शान्तिपूर्ण वार्ताको लागि पनि आह्वान गरिएको छ । अमेरिकी प्रशासनसँग तालिवानले अफगानी नागरिकसँग बाहेक भ्रष्ट राजनीतिज्ञसँग वार्ता नगर्न आग्रह गरेको छ ।

सम्झौताको भाषामा लेखिएको पत्रमा तालिबानले अमेरिकी राष्ट्रपति ट्रम्पलाई विगतमा गरिएका गल्तिको समीक्षा गर्न पनि आग्रह गरेको अलजजिराले जनाएको छ ।

अमेरिकाले अफगानिस्तानमा सन् २००१ मा सैन्य कारवाही सुरु गरेको थियो । तालिवानको यो पत्रबारे अमेरिकाले भने कुनै प्रतिक्रिया दिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);