स्थायी शान्तिका लागि अफगानी राष्ट्रपति घानीको पहल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

स्थायी शान्तिका लागि अफगानी राष्ट्रपति घानीको पहल

एजेन्सी, ३ असार । अफगानिस्तानी राष्ट्रपति असरफ गानीले शान्तिको लागि पहल गरेका छन् । घानीले मुस्लिमहरुको चाड इदको अवसरमा आतंकवादी संगठन तालिवानले तीन दिनको लागि घोषणा गरेको संघर्षविराम बढाएर स्थायी शान्तिका लागि सहयोग गर्न आग्रह गरे । यसैबीच अमेरिकाले पनि अफगानिस्तानको शान्ति प्रक्रियालाई समर्थन गर्ने घोषणा गरेको छ ।

आन्तरिक युद्धको चपेटामा परेको अफगानिस्तानलाई युद्धको भूमरीबाट बाहिर निकाल्दै स्थायी शान्ति कायम गर्न राष्ट्रपति असरफ गानीले पहल सुरु गरेकाे जनाइएकाे छ । तालिवानले भने कुनै प्रतिक्रिया जनाएको छैन । यसैबीच अमेरिकाले पनि अफगानिस्तानमा स्थायी शान्तिका लागि सहयोग गर्ने घोषणा गरेको छ ।

तालिवानले संघर्षविराम गरेकै समयमा अर्को आतंकवादी संगठन इस्लामिक स्टेटले भने दुई दर्जनभन्दा बढी निर्दोष नागरिकको मृत्यु हुने गरी  कार बम बिष्फोट विष्फोट गरायो । चाडपर्वको बेला आइएसले गरेको आक्रमणलाई स्थानीयले भने कायरताको संज्ञा दिएका छन् ।

इस्लामिक स्टेटले यसअघि पनि अफगानिस्तानको राजधानी काबुुुलको ग्रीन जोमा आत्मघाती आक्रमण गर्दा ८० जनाको मृत्यु भएको छ । ग्रीन जोन जस्तो सुुरक्षित क्षेत्रमा पनि आतंकबादी आक्रमण भएपछि अफगानी जनता आतंकित भएका छन् ।

लामो समयदेखी द्वन्द्वमा फसेका अफगानी जनताले सधैका लागि युद्ध अन्त्य होस भन्ने चाहन्छन् । तर, विभिन्न आतंकवादी संगठन सक्रिय हुँदा नागरीकको बाँच्न पाउने अधिकारको हनन भइरहेको छ । अफगानयुद्ध अफगानी चरमपन्थी गुुट तालिवान, अलकायदा र यसका सहायक संगठन तथा नेटो सेनाबीच सन् २००१ मा शुुरु भएको थियो ।

त्यसो त सन् १९७८ मा सोभियतसंघद्धारा अफगानिस्तानमा गरिएको आक्रमणपछि नै अफगनानिस्तान युुद्धको भुमरीमा फसेको थियो । ओसामा बिन लादेन जस्ता ब्यक्तिले अफगानिस्तानमा हर्कत बढाएपछि अमेरिकाले लादेनलाई समाप्त पारेको थियो ।

इस्लामिक कट्टरपंथी राजनीतिक आन्दोलनमा सरिक तालिवानहरु सन् १९९६ देखी २००१ सम्म तालिवानले गरेको शासन फिर्ता गराउने प्रयासमा छन् । जुुन असम्भव भएपनि उनीहरु आतंकवादी गतिविधि गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);