युद्धविराम लम्ब्याउने अफगानी राष्ट्रपति घानीको प्रयास असफल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

युद्धविराम लम्ब्याउने अफगानी राष्ट्रपति घानीको प्रयास असफल

asaraf ghani

एजेन्सी, ४ असार । अफगानिस्तानमा सरकारले गरेको युद्धविरामको प्रयास असफल भएको छ ।

आतंकवादी संगठन तालिवानले युद्धविराम समाप्त भएको घोषणा गर्दै सरकारी सुरक्षाकर्मीहरुमाथि आक्रमण सुरु गरेको छ । ईदका अवसरमा घोषणा गरिएको युद्धविराम बढाउन राष्ट्रपति असरफ घानीले गरेको अपिललाई अस्वीकार गर्दै तालिवानले सुरक्षाकर्मीमाथि आक्रमण सुरु गरेको हो । तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आइतबार रातिदेखि युद्धविराम समाप्त भएको र सरकारी सुरक्षाकर्मीविरुद्ध लडाईं सुरु भएको घोषणा गरेका छन् ।

ईदका लागि गरिएको तीन दिनको युद्धविरामका अवसरमा सरकारी सुरक्षाकर्मी र तालिवान लडाकुले आपसमा शुभकामना साटासाट गरेका थिए । सुरक्षाकर्मी र तालिवान विद्रोहीले एकअर्कालाई अंगालो हाल्दै शुभकामना आदानप्रदान गरेको दुर्लभ दृष्यपछि राष्ट्रपति घानीले युद्धविरामको अवधि थप १० दिन बढाएको घोषणा गर्दै तालिबानलाई पनि युद्धबिराम लम्बाउन अपिल गरेका थिए ।

घानीले सरकारले स्थायी शान्तितर्फ कदम बढाउन चाहेको भन्दै तालिवानलाई पनि सर्वसाधारण नागरिकलाई जस्तै सरकारी सेवा सुविधा दिइने बताएकामा तालिवानले हेलमन्ड र कान्धार प्रान्तमा सुरक्षाकर्मीमाथि आक्रमण सुरु गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);