अफगानिस्तानले गजनी शहरबाट तालिवान विद्रोहीलाई धपाउने प्रयास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अफगानिस्तानले गजनी शहरबाट तालिवान विद्रोहीलाई धपाउने प्रयास

AFGHANISTAN-GHAZNI-OFFENSIVE

एजेन्सी, २९ साउन । अफगानिस्तानले गजनी शहरबाट तालिवान विद्रोहीलाई धपाउने प्रयास गरेको छ । तीन दिनदेखि भइरहेको भिडन्तमा करिब ३०० जनाको मृत्यु भइसकेको छ ।

तालिवानी समूहले गजनीस्थित निर्वाचन कार्यालयमा आगलागी गर्नुका साथै काबुल–कान्दाहर राजमार्गलाई अवरुद्ध गर्ने प्रयास पनि गरेका थिय । भीडन्तमा परी कम्तीमा १०० सुरक्षाकर्मीले तथा विद्रोहीतर्फका १९४ लडाकूको मृत्यु भएको अफगानिस्तानी रक्षा मन्त्रीले बताएका छन् । मुसलमानहरूको मुख्य पर्व इदका अवसरमा सरकार र तालिवान समूहले गत जुनमा युद्धविराम गरेका थिए ।

यसरी दुवै पक्षले युद्धविराम चाहेका भन्ने भनाईहरू आइरहेका वेला तालिवान समूहले गजनीमाथि आक्रमण गरेका हुन् । गजनी शहर काबुल–कान्दहर राजमार्गमा पर्ने विद्रोही वियन्त्रित दक्षिण र सरकारको उपस्थिति रहेको क्षेत्रको मुख्य प्रवेशद्वार मानिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);