विदेशी कम्पनीलाई निरुत्साहित गर्ने गरी अमेरिकाद्वारा नयाँ कानुन पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विदेशी कम्पनीलाई निरुत्साहित गर्ने गरी अमेरिकाद्वारा नयाँ कानुन पारित

trump

एजेन्सी, २९ साउन । अमेरिकाले विदेशी कम्पनीलाई मुलुकमा व्यापार गर्न रोक्ने नयाँ कानुन पारित गरेको छ । संसदबाट पारित विधेयकमाथि राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमोदन गरेका हुन्।

सिमा सुरक्षा सम्बन्धी खर्च विधेयकले अमेरिकामा लगानी गर्न चाहने चिनियाँ लगानि रोक्ने प्रयास गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकी प्रविधिमाथि पहुँच बढाउन खोजेका चिनियाँ लगानिकर्ताबाट राष्ट्रिय सुरक्षामा आँच आउने अमेरिकी ठहर छ ।

बेलायतले पनि चीनको बढ्दो प्रभाव नियन्त्रणको प्रयास गरिरहेको दाबी गरिएको छ । विदेशी लगानीका लागि स्वीकृति दिने जिम्मा राष्ट्रिय सुरक्षा समितिलाई दिइएको छ । विधेयक पास हुनु अघि नै अमेरिकाले २ अर्ब डलर चिनियाँ लगानी यसैवर्ष अस्वीकृत गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);