चीनले हङकङमा नयाँ कानुनी व्यवस्था लागू गरेसँगै अमेरिकाकाे विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

चीनले हङकङमा नयाँ कानुनी व्यवस्था लागू गरेसँगै अमेरिकाकाे विरोध

एजेन्सी,१९ असार । चीनले यसै हप्ता हङकङमा नयाँ कानुनी व्यवस्था लागू गरेसँगै अमेरिकाले त्यसको कडा विरोध गरेको छ । उक्त कानुन लागू गराउने चिनियाँ पदाधिकारीहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाउने घोषणा गरिसकेको अमेरिकाले ती पदाधिकारीहरुसँग कारोबार गर्ने बैंकलाई कारवाही गर्ने विधेयक अनुमोदन समेत अनुमोदन गरेको छ ।

अमेरिकाको तल्लो सदनमा बुहमतले अनुमोदन गरेको यो विधेयकबाट हङकङको स्वायत्तताविरुद्ध कानुन ल्याउने चिनियाँ पदाधिकारीहरुसँग कारोबार गर्ने वित्तीय संस्थाहरुलाई कारवाही गर्नसक्ने बाटो खुुलेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले उक्त विधेयकमा हस्ताक्षर वा कार्यान्वयन नगर्न चेतावनी दिनुभएको छ । उहाँले आफूहरुको कदमविरुद्ध विधेयक अनुमोदन गरे प्रतिवाद गर्ने चेतावनी दिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि हङकङको मामिलामा आफ्ना नागरिकमाथि अभद्र व्यवहार गर्ने अमेरिकी अधिकारीहरुलाई चीनलेपनि भिसा प्रतिबन्धको घोषणा गरिसकेको छ ।

यसैबीच नयाँ सुरक्षा कानून लागु गरेपछि हङकङका प्रजातन्त्रवादी युवा अभियन्ता मध्येका एक नाथन ल विस्थापित हुनुभएको छ । प्रजातन्त्रवादी विद्यार्थी नेता तथा स्थानीय तहका प्रतिनिधि नाथन ले नयाँ सुरक्षा कानून लागु भएको दुई दिनपछि आफू हङकङबाट विस्थापित हुनु भएको हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);